कला


‘युनिभर्सिटी अफ गुन्डाज’मा जापानी अभिनेत्रीसँग जोडी बाँध्दै सलिनमान

‘युनिभर्सिटी अफ गुन्डाज’मा जापानी अभिनेत्रीसँग जोडी बाँध्दै सलिनमान

नेपालखबर
जेठ ३, २०८३ आइतबार १२:२२, काठमाडौँ

अभिनेता सलिनमान बनियाँ फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज’मार्फत ७ वर्षपछि कमब्याक गर्दै छन्। फिल्ममा उनको जोडी को हुन् भन्ने चासो दर्शकमाझ छ।

यसैबिच फिल्ममा सलिनमानको जोडीका रूपमा नयाँ अभिनेत्रीको इन्ट्री भएको छ। ‘युनिभर्सिटी अफ गुन्डाज’मा जापानी अभिनेत्री मीना यसोदा पक्का भएकी हुन्।

उनलाई निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेको छ। नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्छिन्। निर्माण पक्षले उनको थप विवरण भने गोप्य नै राखेको छ।

सान्भी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको केही समयअघि 'फर्स्ट लुक' सार्वजनिक भएको थियो। जसले राम्रो प्रतिक्रिया पाइरहेको छ। 

सुरेश न्यौपानेको निर्देशनमा बन्ने यस फिल्मको कथा अभिनेता सलिनमानले लेखेका हुन्। यस फिल्ममा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिनेछन्।

निर्माण पक्षले हालसम्म चलचित्रका अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad