कला


सकियो उपासना र सोनम अभिनीत ‘जलाकी’ को सुटिङ

सकियो उपासना र सोनम अभिनीत ‘जलाकी’ को सुटिङ

नेपालखबर
जेठ ४, २०८३ सोमबार १३:१९, काठमाडौँ

अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ को छायांकन सकिएको छ। गत शनिबार पोखरा इन्टरनेसनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ। 

शनिबार पोखरामा गीतको अन्तिम दृश्य खिचिएको थियो। जहाँ सिनेमाका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ। छायांकन सकिएसँगै पोस्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए।

केही दिनमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ। यस फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन्।

निर्देशक अशोकसँग उनले ‘खुस्मा’ पछि दोस्रो पटक सहकार्य गरेकी हुन्। उनले ‘खुस्मा’ का लागि उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन्। 

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर र राज काउचा छन्। 

विषेश भूमिकामा क्याप्टेन विजय लामा र बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनहा मगरको अभिनय छ। यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी हुन्।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भू-भागमा छायांकन गरिएको सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ। सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

निर्देशक मगरको डेब्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने ऐतिहासिक रेकर्ड बनाएको थियो। साथै बक्सअफिसमा पनि राम्रो व्यापार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad