कला


भाषा र संस्कृति सिकाउन खोलियो ‘पहिलो पाइला’, ब्रान्ड एम्बास्डरमा केकी

भाषा र संस्कृति सिकाउन खोलियो ‘पहिलो पाइला’, ब्रान्ड एम्बास्डरमा केकी

नेपालखबर
जेठ ४, २०८३ सोमबार १३:२६, काठमाडौँ

विश्वभर छरिएर रहेका नेपाली बालबालिकालाई  लक्षित गरेर सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ। यस डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, गायिका लोचन भट्टराई, कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा उक्त एपको शुभारम्भ गरेका छन्।

विदेशी भूमिमा जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ। कार्यक्रममा बोल्दै अभिनेत्री केकीले पहिलो पाइला एपको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्द्धन र प्रवर्द्धन गर्न यो एपले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

विदेशी भूमिमा रहने धेरै नेपाली र बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने उनको विश्वास छ।

नेपाली भाषालाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप डिजिटल स्कुलको निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले जनाएको छ। पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृति सिक्न सक्ने बताए।

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै वेषभूषा, संस्कृति, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए। वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतिमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरु गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad