फिल्म ‘महाराजधिराज’को छायांकन सुरु भएको छ। गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु भएको हो।
श्रीलंका टापुमा चलचित्रको छायांकन एक हप्तासम्म चल्नेछ। बाँकी छायांकन काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ। फिल्मको छायांकन तालिका ७० दिनको रहेको छ।
परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नवराज थापाले खिचिरहेका छन्। ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताए।
यस फिल्ममा पुष्प खड्का, आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौला लगायतको अभिनय रहनेछ।
ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा पनि देखिनेछन्।
८० जना कलाकार रहने फिल्ममा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेनको लेखन रहेको छ। फिल्मका प्रस्तुतकर्ता भने विराज विष्ट हुन्।
Shares

प्रतिक्रिया