कला


चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित

नेपालखबर
जेठ ६, २०८३ बुधबार १३:११, काठमाडौँ

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्।

गए राति सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार कुल १५९ मत खसेकोमा प्रधानले १०९ मत ल्याउँदै जित निकाले। प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत पाप्त गरे। पराजुली निर्देशक समाजका निवर्तमान अध्यक्ष हुन्। 

दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन्। त्यसैगरि, महासचिवमा समुन्द्र भट्ट र सचिवमा राजबहादुर सानेले जित हासिल गरेका छन्।

कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित हुँदा सहकोषाध्यक्षमा उत्सव केसी चुनिए। सदस्यमा लक्ष्मण सुवेदी, साकार पन्त, लक्ष्मण सुनार, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad