कला


फेरियो ‘सेन्सर बोर्ड’ को नाम, ग्रेडिङ प्रणाली लागू

फेरियो ‘सेन्सर बोर्ड’ को नाम,  ग्रेडिङ प्रणाली लागू

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १३:३९, काठमाडौँ

केन्द्रीय चलचित्र जाँच समितिको नाममा परिवर्तन गरिएको छ। समितिको अंग्रेजी नाममा परिवर्तन गरेर अब ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ। 

पहिलेको नामबाट ‘सेन्सर बोर्ड’ भन्ने शब्दावली हटाइएको हो। यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ नाम थियो। जाँच र व्यवस्थापनसम्बन्धी परिवर्तनको कार्यान्वयन समेत भइसकेको छ। 

जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ र ‘काजी’ लाई नयाँ नाममा प्रदर्शन अनुमतिसहितको प्रमाणपत्र प्रदान गरिएको छ। ‘मितज्यू’ फिल्मका निर्देशक अनिल बुढा मगरले फेसबुकमा  फिल्म जाँच गराउँदा सजिलो भएको उल्लेख गरेका छन्। 

केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार अब फिल्ममा ‘बिप’ राखिनेछैन र कैंची चलाइनेछैन। फिल्मको जाँच गरेर ‘ग्रेडिङ’ सहितको प्रमाणपत्र दिइने उनले बताए। साथै फिल्मभरि धुमपान, मद्यपान र ट्राफिक नियमका सूचना देखाइनेछैन। जुन फिल्म सुरु हुनुअघि डिसप्लेमा देखाउँदा पुग्नेछ। 

समिति सदस्यमा नियुक्त हुने वित्तिकै पण्डितले समितिको कार्यशैली, सुधार र परिवर्तनबारे १० बुँदे सुझाव राखेका थिए। जसमध्ये, केही बुँदाको कार्यान्वयन सुरु भएको छ। अहिलेको समिति राम्रो हुँदा यी कार्य गर्न सहज भएको र थप सुझाव कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad