कला


पत्रकारलाई अभिनेता हमालको आग्रह: क्षणभङ्गुर चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिनुहोस्

पत्रकारलाई अभिनेता हमालको आग्रह: क्षणभङ्गुर चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिनुहोस्

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १९:३२, काठमाडौँ

अभिनेता राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताएका छन्।

चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उनले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरे। समारोहलाई सम्बोधन गर्दै अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती दिनहरूको स्मरण गरे।

उनले आफ्नो जीवनको पहिलो अन्तर्वार्ताको प्रसङ्ग जोड्दै भने, ‘मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई ‘काम चाहिँ के गर्नुहुन्छ?’ भनेर सोध्नुभएको थियो। त्यस समयमा चलचित्र क्षेत्रलाई पेसाका रूपमा नभई केवल सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो।’ 

तर, समयक्रमसँगै चलचित्र क्षेत्र र पत्रकारिता दुवैले ठुलो फड्को मारिसकेको उनको भनाइ छ। 

हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गरे। सूचनाको बाढी आएको वर्तमान अवस्थामा पाठकको ध्यान आकर्षण गर्नु सबैभन्दा ठुलो चुनौती रहेको बताए। 

उनले भने, ‘आज हामी यस्तो मोडमा छौँ जहाँ गहन पत्रकारितामा सम्झौता गर्नुपर्ने स्थिति आएको छ। एल्गोरिदम र भाइरल हुने होडबाजीले गर्दा विषयवस्तुको गम्भीरता हराउँदै गएको छ।’

आर्टिफिसियल इन्टेलिजेन्स र भ्रामक सूचनाका कारण सत्य र असत्य छुट्याउन कठिन भइरहेको तर्फ सङ्केत गर्दै उनले पत्रकारहरूलाई एक गम्भीर प्रश्न गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad