कला


जेठ १५ गते रिलिज हुने फिल्म ‘रोल नं. १’ ले ल्यायो नयाँ गीत

जेठ १५ गते रिलिज हुने फिल्म ‘रोल नं. १’ ले ल्यायो नयाँ गीत

नेपालखबर
जेठ १०, २०८३ आइतबार १३:३६, काठमाडौँ

जेठ १५ गतेबाट रिलिज हुने फिल्म ‘रोल नं १’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो।

गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ। गीतले सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने प्रस्तुत गरेको छ। सन्तानका लागि आमाबुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश रहेको छ।

सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले सिनेमाले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ। गीतले यो सिनेमाले आम नेपाली ग्रामीण समुदायका गरिब परिवारको कथा भन्ने संकेत गरेको छ ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। भिडिओमा फिल्मका फुटेज  समावेश गरिएको छ। विनोद पौडेलको निर्माण रहेको यस फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad