गत वैशाख २५ देखि प्रदर्शनरत फिल्म ‘लालीबजार’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ। चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्मभन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ।
यस फिल्मले देशभर शुक्रबार एक सय ४० शो पाएको छ। पहिलो दिन एक सय ८० शो पाएको फिल्मले चौथो सातामा प्रवेश गर्दै झनै दर्शकको साथ पाएको छ। फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए।
यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मले १० करोडको आंकडा पार गर्ने विश्वास प्रदर्शकको छ। ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले तारिफ गरेका छन्। दर्शकले दिइरहनुभएको ‘वर्ड अफ माउथ’ले तेस्रो साताको विकेन्ड फिल्मका लागि सुखद भएको छ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
54
Shares

प्रतिक्रिया