विभिन्न पाटोबाट अध्ययन भइरहँदा सुशान्तको आत्महत्याको विषयमा लागुपदार्थको विषय पनि समेटिएको छ।
लागुपदार्थको दृष्टिकोणबाट भारतको लागुपदार्थविरद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले अध्ययन गरिरहेको छ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सुशान्तको लागि लागुपदार्थ ओसार पसार गर्ने गरेको विषय रियाको च्याटबाट खुलेपछि एनसीबीले यस विषयमा अध्ययन गरिरहेको छ।
रियाकै माध्यमबाट चर्चित अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर, राकुल प्रित सिंहलाई एनसीबीले बोलाएर बलिउडमा ड्रग्स कनेक्सनबारे सोधपुछ गरिसकेको छ।
यिनीहरलाई एनसीबीले पुनः अनुसन्धानको लागि बोलाउन सक्छ।
एनसीबीले दिएको जानकारी अनुसार अन्य कयौं बलिउडकर्मी यस घटनाको अनुसन्धानको घेरामा छन्।
एनसीबीले बलिउडमा लागुऔषध धन्दाको मास्टरमाइन्ड पत्ता लागिसकेको बताएको छ।
एनसीबीले एक पूर्व चर्चित मोडल बलिउडमा लागुऔषध धन्दाको मास्टरमाइन्ड भएको बताएपनि ती व्यक्तिको पहिचान खुलाएको छैन। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया