राजनीति


प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण, टोली फेर्न सुरु

प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण, टोली फेर्न सुरु

नेपालखबर
असोज १७, २०७७ शनिबार १२:५६,

प्रधानमन्त्री तथा प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले उनीहरुलाई फिर्ता बोलाएको छ।

उनीहरुको ठाउँमा अन्य टोली पठाउन सुरु गरिसकेको छ।

प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा शनिबार संक्रमण पुष्टि देखिएको हो।

‘प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका तर प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्पर्कमा नभएका २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोले वहाँहरुलाई बदली गर्ने कार्य भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन्।

आजै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको थियाे।

 

याे पनि: 
प्रधानमन्त्रीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा काेराेना संक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad