कला


विलासी घर खरिद गर्दै ऋतिक रोशन, मूल्य झण्डै एक अर्ब

विलासी घर खरिद गर्दै ऋतिक रोशन, मूल्य झण्डै एक अर्ब

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार १४:२८,

बलिउड अभिनेता ऋतिक रोशन आफ्नो उत्कृष्ट अभिनय र नृत्यका लागि परिचित छन्। गत वर्ष रिलिज भएको उनको फिल्म ‘वार’ले बक्स अफिसमा धमकेदार कमाइ गरेको थियो।

कोरोनाको महामारीसँगै परिवारसँग समय बिताइरहेका ऋतिकले हालै मुम्बईमा एक विलासी घर किनेको समाचार बाहिरिएको छ।

मिडिया रिपोर्टका अनुसार ऋतिकले विगत लामो समयदेखि एउटा घर किन्ने योजना बनाइरहेका थिए। हालै आएर उनलाई आफूले खोजेजस्तो घर मिलेको छ। त्यस घर किन्नका लागि उनले लागि ठूलो लगानी समेत गरेका छन्।

ऋतिकले सपनाको शहर मुम्बईमा दुई वटा फ्ल्याट किनेका छन्। जुहू–वर्सोवा लिंक रोडको मन्नत अपार्टमेन्टको १४, १५ र १६ औँ तल्लामा ती फ्ल्याट अवस्थित छन्। ती फ्ल्याटबाट समुन्द्रलाई नजिकबाट हेर्न सकिने बताइएको छ।

यी फ्ल्याटहरू, ३८ वर्ग फिटमा निर्मित धेरै विलासी खालका छन्। यसका साथै फ्ल्याटसँगै ६५ सय स्क्वारफिटको छत समेत रहेको छ। यसका लागि ऋतिकले करिब ९७.५० करोड भारु तिर्ने भएका छन्। उनले अहिलेसम्म ६७.५ करोड  तिरिसकेको बताइएको छ। ऋतिक चाँडै नै आफ्नो परिवार साथ यी फ्ल्याटमा सर्ने तयारी गरिरहेका छन्। हाल उनी जुहू क्षेत्रमा अक्षय कुमारको छिमेकमा बस्छन्।

 ऋतिक हाल आफ्नो फिल्म ‘क्रिस ४’ को तयारीमा छन्। त्यसका लागि उनले दिनरात कडा मेहनत गरिरहेका छन्। यसका सार्थै उनी अहिले स्क्रिप्टमा दैनिक छलफल मा पनि व्यस्त छन्। यसको तयारी अझै महिनौँ लाग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad