कला


आज नायिका श्वेता खड्का दोस्रो विवाह गर्दै, भन्छिन् : समाजले नस्वीकार्ने हो कि?

आज नायिका श्वेता खड्का दोस्रो विवाह गर्दै, भन्छिन् : समाजले नस्वीकार्ने हो कि?

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १:३५,

नायिका श्वेता खड्काले आज (सोमबार) दोस्रोपटक विवाह गर्दैछिन्। उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्ने भएकी हुन्।

कोरोना महामारीका कारण विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुने नायिका खड्काले आइतबारै स्टाटस लेखेर जानकारी दिइसकेकी छन्।

नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो। 

त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन्।

तर उनलाई अझै डर छ– पुरुषप्रधान समाजले स्वीकार गर्ला कि नगर्ला?

नायिका श्वेताकाे पूरा भनाइ पढ्न यहाँ क्लिक गर्नुहाेस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad