आफ्नो विवाहको दोस्रो वार्षिकोत्सवमा पनि काममा व्यस्थ भएपछि कपिलले श्रीमती गिनी चतरथसँग माफी मागेका छन्।
कपिलले इन्स्टाग्राममा कामका लागि तयार भएको तस्बिर पोस्ट गर्दै भनेका छन्,‘माफ गर श्रीमती म विवाह वार्षिकोत्सवमा पनि काम गरिरहेको छु। तिमीलाई उपहार दिन पनि कमाउनै पर्छ। विवाह वार्षिकोत्सवको शुभकामना छ, बेलुकी भेटौला।’
कपिलले काममा व्यस्त भएका कारण श्रीमतीसँग माफी मागेपछि उनका समर्थकले कपिललाई धेरै सन्देशहरु लेखेका छन्।
मानिसहरुले कपिललाई जिम्मेवार पुरुष भनिरहेका छन् भने वार्षिकोत्सव छाडेरै मानिसलाई हसाउने कार्यमा लागेको भन्दै बधाई दिएका छन्।

प्रतिक्रिया