कला


काेराेनाले राेकियाे रणवीर कपुर-आलिया भट्टकाे बिहे

काेराेनाले राेकियाे रणवीर कपुर-आलिया भट्टकाे बिहे

नेपालखबर
पुस ११, २०७७ शनिबार २:२४,

बलिउड अभिनेता रणवीर कपुरले कोरोना महामारीका कारण नायिका आलिया भट्टसँग आफ्नो विवाह रोकिएको बताएका छन्।

अभिनेत्री आलिया आफ्नी प्रेमिका भएकाे कुरा पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गर्दै उनले कोरोना महामारी नभएको भए यतिबेलासम्म विवाह भइसक्ने खुलासा गरेका हुन्।

एक अन्तर्वार्तामा रणवीरले भनेका छन्, ‘महामारीले हाम्रो जीवनमा हमला नगरेको भए हाम्राे विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई दुर्भाग्य भन्न चाहन्नँ। म चाँडै आफ्नो यो लक्ष्य पूरा गर्नेछु।’

यस क्रममा उनले यो वर्ष (सन् २०२०) आफ्ना लागि निकै कठिन भएको पनि बताए। गत अप्रिल ३० तारिख उनका पिता ऋषि कपुरको निधन भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad