छापा खबर


हामी प्रतिनिधिसभा पुनः स्थापनाको एजेन्डा बोक्दैनौँ : देउवा

हामी प्रतिनिधिसभा पुनः स्थापनाको एजेन्डा बोक्दैनौँ : देउवा

नेपालखबर
पुस ११, २०७७ शनिबार २:२०,

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापनाको कुनै एजेन्डा नबोक्ने स्पष्ट पारेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्र्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो एजेन्डा बोक्न नसकिने स्पष्ट पारेका हुन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्र्थापना हुनुपर्ने आवश्यकता औंल्याएका थिए । पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्र्थापनाको एजेन्डा बन्न नसक्ने बताएका हुन् । ‘संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने।

कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको छ।

बैठक सकिनुअघि केही बोल्नु छ भन्दै पौडेलले केही बेर समय मागे । त्यसपछि सभापतिले उनलाई समय दिएलगत्तै पौडेलले आन्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरे । उनले आन्दोलन गर्न कांग्रेस डराउन नहुने बताए।

‘आन्दोलनमा जाँदा पार्टीको एजेन्डा स्पष्ट हुनुपर्छ । संसद् विघटन अवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ भनेर जनतासमक्ष स्पष्ट लक्ष्यका साथ जानैपर्छ । यस्तो संवेदनशील विषयलाई झारा टार्ने गरी आन्दोलन तुहाउन खोज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनस्र्थापनाका बारेमा सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad