गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्।
ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दीलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ।
केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफी रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन्। गीतलाई श्रीपेजको टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ। रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ। भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो।
हेरौँ भिडियो
Shares

प्रतिक्रिया