अली अब्बास जफरद्वारा निर्देशित र सेफ अली खान अभिनित वेब सिरिज तान्डवलाई लिएर विवाद उत्पन्न भएको छ।
गत शुक्रबारमात्रै अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको उक्त सिरिजका केही दृश्यहरु विवादमा आएका हुन।
सोहीकारण भारतका विभिन्न ठाउँमा निर्देशकविरुद्ध उजुरी समेत दर्ता भएका छन। सामाजिक सञ्जालमा वेबसिरिज प्रतिबन्ध लगाउँनुपर्ने आवाज समेत उठेको छ।

सिरिजका केही दृश्यहरुले धार्मिक भावनामा ठेस पुर्याएको मानिसहरुको आरोप छ। उनीहरुले कि सैफ अली खानले माफी माग्नुपर्ने कि सिरिजमा प्रतिबन्ध लगाउँनुपर्ने माग गरेका छन।
विवाद खडा भएपछि सुरक्षालाई मध्यनजर गर्दै सेफ अली खानको घर अघि पुलिस तैनाथ गरिएको छ। खानको घर अघि प्रहरी भ्यान समेत तैनाथ गरिएको छ।
भारतीय जनता पार्टीका केही नेताले समेत तान्डव सिरिजलाई प्रतिबन्ध लगाउँन माग गरेका छन। पार्टीका नेता कपिल मिश्राले सिरिजलाई दलित र हिन्दु विरोधी बताएका छन।

प्रतिक्रिया