हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ।
दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन। यसै बिचमा गायिका मन्जु भट्टराइको नयाँ तीज गीत ‘गोरखपुरे रेल’ सार्वजनिक भएको छ।
गायिका भट्टराईसँगै बसन्त लम्सालको आवाज रहेको गीतमा बिक्कु कुँवरको शब्द र गायक लम्सालको लय सृजना रहेको छ। नाँचौ नाँचौ लाग्ने गीतमा रामजी खाँण, सलिना नेपाली र विश्वास नेपालको अभिनय रहेको छ।
काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन्। भारतीय भूमिमा काम गर्ने युवासँगको प्रेमलाई गीतमा समेटिएको छ।
साउन २२, २०७६ बुधबार ९:१३

प्रतिक्रिया