कला


गायिका अन्जु पन्तले विवाह गरिन्

गायिका अन्जु पन्तले विवाह गरिन्

नेपालखबर
फागुन १२, २०७७ बुधबार १६:५,

चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्।

दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ बुधबार पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका पन्तको पारिवारिक स्रोतले जनाएको छ।

एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।

थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad