बलिउड चलचित्र क्षेत्रको सबैभन्दा चर्चित अवार्ड ‘फिल्म फेयर अवार्ड’को घोषणा भएको छ।
६६ औ फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड दिवंगत अभिनेता इरफान खान र उत्कृष्ट अभिनेत्रीको अवार्ड तापसी पन्नुलाई दिइने भएको छ।
खानलाई ‘अंग्रेजी मिडियम’बाट उत्कृष्ट पुरुष अभिनेताको अवार्ड दिन लागिएको हो भने अभिनेत्री पन्नुलाई ‘थप्पड’बाट उत्कृष्ट महिला अभिनेत्रीको अवार्ड दिइने भएको हो। थप्पडले उत्कृष्ट चलचित्रको अवार्ड समेत प्राप्त गरेको छ।
त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ओम राउतलाई ‘तानाजी : द अनसङ वारियर’का लागि दिइने भएको छ।
समीक्षकको आधारमा उत्कृष्ण अभिनेता र अभिनेत्रीको अवार्ड भने अमिताभ बच्चन (गुलाबो सिताबो) र तिलोत्मा शोमे (सर) लाई दिइने भएको छ।

प्रतिक्रिया