कला


बलिउड अभिनेत्री शशिकलाको निधन

बलिउड अभिनेत्री शशिकलाको निधन

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:४,

बलिउड अभिनेत्री शशिकला जावलकरको निधन भएको छ।

८८ वर्षी अभिनेत्री शशिकलाको आइतबार दिउँसो १२ बजे मुम्बइको कोलाबामा निधन भएको हो।

उनी ७० को दशककी बलिउडकी चर्चित अभिनेत्री दुवै हुन्। उनले बलिउडका १०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

सानैदेखि गाउन र नाच्नमा रुची राख्ने शशिकला बाबु व्यापारमा थिए। व्यापार ठप्प भएपछि उनको परिवार कामको खोजीमा मुम्बइ आएको थियो। त्यही क्रममा उनको भेट नुर जहाँसँग भएको थियो।

शशिकलाको पहिलो चलचित्र ‘जितन’ थियो। यो फिल्मको निर्माण नुरका श्रीमान शौकात रजवीले गरेका थिए। त्यसपछि उनले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’ लगायतका चलचित्रमा काम गरेकी थिइन्।

उनले फिल्मका साथ साथै टेली सिरियलमा समेत काम गरेकी थिइन्। उनलाई सन् २००७ मा भारत सरकारले पद्माश्री पुरस्कारबाट सम्मानित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad