भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। जसको असर त्यहाँका कलाकारमा पनि परिरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता अक्षय कुमारपछि अर्का अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको हो।
अभिनेता गोविन्दाले आफूले होसियारी गर्दागर्दै पनि कोरोना पोजिटिभ देखिएको र अहिले होम क्वारेन्टिनमा बसेको बताएका छन्।

प्रतिक्रिया