कला


अष्ट्रेलियाबाट आयो टिका र वीरेन्द्रको ‘फूल फूल्यो केशरी’ (भिडिओ)

अष्ट्रेलियाबाट आयो टिका र वीरेन्द्रको ‘फूल फूल्यो केशरी’ (भिडिओ)

नेपालखबर
चैत २२, २०७७ आइतबार १३:४१,

चर्चित गायिका टिका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत ‘फूल फूल्यो केशरी’ सार्वजनिक भएको छ।

अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडिओलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो।

अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडिओ आफ्नो अभिनय र नृत्यकलालाई अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी बिस्टको दमदार नृत्य रहेको छ।

किरण मगर र निक्की श्रेष्ठद्वारा संचालित ड्रिम फिटमा अमृता जीसी, स्माइली श्रेष्ठ र किशोरी बिस्ट मेम्बर रहेका छन्।

सुदीप बिस्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडिओलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad