कला


‘तिजको लहर आयो बरिलै’का रचनाकार चेतन कार्की रहेनन्

‘तिजको लहर आयो बरिलै’का रचनाकार चेतन कार्की रहेनन्

नेपालखबर
जेठ २, २०७८ आइतबार ६:८,

कोरोना संक्रमणका कारण वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ।

कार्की ८३ वर्षका थिए।

कोभिड–१९ बाट संक्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको आइतबार बिहान निधन भएको परिवारसँग सम्पर्कमा रहेका फोटो पत्रकार विकास रौनियारले बताए।

‘शनिबार दिउँसोसम्म कार्कीको अवस्था राम्रै थियो। बेलुकीदेखि अवस्था बिग्रेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको थियो,’ रौनियारले भने, ‘उहाँको आज बिहान साढे १० बजेतिर निधन भएको परिवारले जनाएको छ।’

कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्।

कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्।

उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

उनले यीलगायत नेपाली जनजिब्रोमा झुण्डिएका कैयौं गीत रचना गरेका छन् भने चर्चित फिल्महरु निर्देशन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad