सो तस्बिरको चर्चित हलिउड कलाकार, गायक, गायिका तथा सेलिब्रिटीहरुले प्रशंसा गरिरहेका छन्।
३४ वर्षका पेजले सर्जरी गरेपछि पहिलोपटक माथिको कपडा नलगाएको तस्बिर सार्वजनिक गरेका हुन्।
जहाँ उनी पूर्ण रुपमा पुरुष देखिन्छन्। वास्तवमा पेज महिलाबाट ट्रान्सजेन्डर पुरुष बनेका हुन्। महिलामा हुने स्तनको तन्तु हटाएपछि उनी नियमित शारीरिक अभ्यास गर्छन्।
Love to see @TheElliotPage thriving pic.twitter.com/CjM44yJ15t
— Jameela Jamil 🌈 (@jameelajamil) May 24, 2021तस्बिरमा उनको एब्स पनि देख्न सकिन्छ। गत महिना आफूले महिला हुँदा कहिल्यै सहज महसुस नगरेको र पुरुषको सोच भएकाले यतिबेला आफूलाई निकै स्वतन्त्र र सहज महसुस भएको ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा बताएका थिए।
सन् २०१४ मा पेजले पुरुषको इच्छा र भावना भएता पनि शारीरिक बनावटका कारण आफूले त्यो विषय लुकाएको र दबाएको खुलासा गरेका थिए।
पेजले विश्व चर्चित चलचित्र एक्स–मेनका सेरिज, इन्ससेप्सन लगायत विभिन्न चलचित्रमा अभिनय गरिसकेकी छिन्। अहिले उनी तेस्रोलिंगीहरुको आवाजलाई बुलन्द रुपमा उठाउँछिन्।




प्रतिक्रिया