कला


सुशान्तजस्तै कार्तिक पनि बने नेपोटिज्मको शिकार, जोहार र शाहरुखले चलचित्रबाट हटाए

सुशान्तजस्तै कार्तिक पनि बने नेपोटिज्मको शिकार, जोहार र शाहरुखले चलचित्रबाट हटाए

नेपालखबर
जेठ १७, २०७८ सोमबार ११:१८,

उनले आत्महत्या गर्नुको कारण बलिउडमा व्याप्त नेपोटिज्म भएको बताइएको छ। विभिन्न सम्झौता भइसकेका चलचित्रबाट हटाइएपछि डिप्रेसनमा पुगेका सुशान्तले आफ्नै प्राण त्यागेका थिए।

त्यसयता भारतीय सिनेक्षेत्रमा नातावाद र क्रिपावाद हावी भएको र पहुँचवालाले नयाँ आगन्तुक कलाकारलाई चलचित्रमा मौका नदिएको विषय सशक्त रुपमा उठेका छन्।

यसबीचमा सुशान्तलाई जस्तै अर्का कलाकार कार्तिक आर्यान पनि नेपोटिज्मको शिकार भएका छन्।

उनलाई करण जोहारले ‘दोस्ताना २’ चलचित्रमा अभिनय गर्न नदिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

शाहरुख खानले पनि कार्तिकलाई चलचित्र ‘फ्रेडी’बाट हटाएको डीएनए इन्डियाले जनाएको छ।

यो खबरसँगै भारतमा करण जोहार र शाहरुख खानको आलोचना भएको छ।

यी पहुँचवाला व्यक्तिहरुले आफ्नै सन्तान र नातागोता तथा चिनजानका मानिसलाई मात्र चलचित्रमा स्थान दिने गरेका आरोप लगाइन्छ।

त्यतिमात्र नभएर राम्रा कलाकारलाइ हटाएर आफ्नो चिनजानको कलाकारलाई प्रतिस्थापन गर्ने गरिएको बताइन्छ।

यसअघि सलमान खानले गर्दा विवेक ओवराेयले भारतीय चलचित्रमा मौका नपाएको खबरहरु आएका थिए।

सलमान खान र अक्षय कुमारसँग जोन अब्राहमको नेपाेटिज्मकै विषयमा विवाद भएको बताइन्छ।

अहिले जोन अब्राहम आफै चलचित्र बनाउँछन्। नेपोटिज्मको विरुद्धमा नायिका कंगना रणावतले पनि सशक्त आवाज उठाउँदै आएकी छिन्। डीएनए इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad