कला


प्रभासको ‘साहो’को विश्वव्यापी कमाइ दुई दिनमा २०० करोड

प्रभासको ‘साहो’को विश्वव्यापी कमाइ दुई दिनमा २०० करोड

नेपालखबर
भदौ १५, २०७६ आइतबार १०:२४,

सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना खेपिरहेको प्रभासको फिल्म ‘साहो’ले बक्स अफिसमा भने धमका मच्चाइरहेको छ।

फिल्मले पहिलो दिन हिन्दी संस्करणले मात्रै २४ करोडभन्दा बढीको व्यापार गरेको थियो। १० हजार स्क्रिनमा प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको कमाइ नै १०० करोडका हाराहारीमा रहेको थियो। भारतमा मात्रै यो फिल्म ४५ सय पर्दामा प्रदर्शनमा आएको छ।

पहिलो दिनको रेकर्डलाई कायम गर्दै फिल्मले दोस्रो दिन पनि १०० करोड कमाएको छ। दुई दिनमा फिल्मले २०० करोडको आँकडा पार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएको हो।

व्यापार विश्लेषकले एक हप्तामा फिल्मको कमाइले नयाँ रेकर्ड बनाउन सफल हुने बताएका छन्।

प्रभास र श्रद्धा कपुरको मुख्य मुमिका रहेको यो फिल्म ४ भाषामा प्रदर्शनमा आएको छ। पहिलो दिन १०४ करोड कमाएको फिल्मले दोस्रो दिन २०५ करोड पु¥याएको हो।

अर्थ विश्लेषक रमेश बालाका अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन २४.४० करोड कमाएको छ भने दोस्रो दिन २५ करोड २० लाख कमाएको छ तेस्रो दिन आइतबार फिल्मले ८० करोडभन्दा ज्यादा कमाइ गर्ने विश्लेषक तरण आदर्श बताउँछन्।

‘बाहुबली’को सफलतापछि प्रभाससँग दर्शकले धेरै अपेक्षा गरेका छन्। फिल्म प्रदर्शन अगावै यसलाई लिएर उनका शुभचिन्तक निकै उत्साहित थिए।

फिल्ममा श्रद्धा र प्रभासका साथमा जैकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको निर्देशन सुजितले गरेका छन भने निर्माण युवी क्रिएसन र टी सिरिजले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad