कला


तीन सर्जकका ६ कृति एकै पटक विमोचन

तीन सर्जकका ६ कृति एकै पटक विमोचन

नेपालखबर
असोज १६, २०७६ बिहिबार ९:०,

नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्वकुलपती तथा बरिष्ठ साहित्यकार वैरागी काइँलाले तीन जना सर्जकका ६ कृति सार्वजनिक गरेका छन्।

विमोचन भएका कृतिहरुमा भुवन शिवाकोटी चौघरेको चार कृति १) नच्यातिएको आकाश २) प्रणयको गहराइ कविता सङ्ग्रहका ३) एकल शब्द/संगीत र गायनको आधुनिक गीति एल्बम अतुलनीय प्रित गरें ४) एकल शब्द रसंगीत र गायन तथा अभिनय रहेको राष्ट्रिय गीत ‘बहुलजातीको मातृभूमी यो भिन्न छ भाषा धर्म भेष’ को अडियो भिज्वल रहेका छन्।

यस्तै, प्रा. गोपिकृष्ण शर्माको महिमा खन्ड काब्य र निर्मलरमण पराजुलीको देश लेख्न हतार छ कविता सङ्ग्रहको विमोचन पनि गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्तको सभापतित्व र यादब भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार ठाकुर शर्माले स्वागत गरेका थिए।

लोकार्पण गरिएका पुस्तहरूको संक्षिप्त समीक्षा डा. भागवत ढकाल, डा. लेखराज निरौला, डा साधन पन्च प्रतीक्षा र डा. राम प्रसाद ज्ञवालीले गरेका थिए।

कार्यक्रममा भुवन शिवाकोटीद्वारा लिपीबद्द संगीतबद्द आधुनिक गीत र राष्ट्रिय गितले सभा हलको रौनकता बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad