क्यारेबियन क्षेत्रमा भएको विमान दुर्घटनामा परी दुई छोरीसहित चर्चित जर्मन अभिनेता क्रिस्चियन ओलिभरको निधन भएको छ।
‘स्पिड रेसर’ र ‘वाल्किरी’ स्टार ओलिभर बिहीबार सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडाइन्सबाट सेन्ट लुसियाका लागि विमानमा चढेका थिए।
उडान भर्नेबित्तिकै विमानमा समस्या आउन थालेपछि विमान समुद्रमा खसेको प्रहरीले जनाएको छ।
क्रिस्चियन ओलिभरको वास्तविक नाम क्रिस्चियन क्लेप्सर थियो। उनी ५१ वर्षका थिए। उनका छोरी मेडिता १० वर्षकी र अनिक १२ वर्षकी थिइन्।
उक्त दुर्घटनामा विमानका मालिक र पाइलट अमेरिकी नागरिक रोबर्ट साक्सको पनि मृत्यु भएको बीबीसीले जनाएको छ।
क्रिस्चियन ओलिभरले स्टिभन सोडरबर्गको फिल्म ‘गुड जर्मन’मा काम गरेका थिए भने लोकप्रिय जर्मन सिरियल ‘अलार्म फर कोबरा ११’ का दुई सिजनमा जासुसको भूमिका निर्वाह गरेका थिए। उनले नेटफ्लिक्सको सिरिज ‘सेन्स८’ मा काम गरेका थिए।
Shares
प्रतिक्रिया