कला


टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी मेक्सिकन इन्फ्लुएन्सरको हत्या

टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी मेक्सिकन इन्फ्लुएन्सरको हत्या

भ्यालेरिया मार्केज


नेपालखबर
जेठ २, २०८२ शुक्रबार २२:९, काठमाडौँ

मेक्सिकन इन्फ्लुएन्सर २३ वर्षीया भ्यालेरिया मार्केजलाई टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी हत्या गरिएको छ।

यो हत्याले यो कार्टेल आक्रमण हो वा महिलाविरुद्धको हिंसाको अर्को दु:खद घटना हो भन्ने बहस सुरु भएको छ। 

मंगलबार मेक्सिकोको मध्यपूर्वी राज्य लिस्कोको एक सहरस्थित ब्युटी सैलुनमा भ्यालेरिया मार्केजलाई गोली हानिएको हो।

मेक्सिकन इन्फ्लुएन्सर भ्यालेरिया मार्केज

राज्य अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले भनेकी छन्, ‘यो घटनाको अनुसन्धान भइरहेको छ। हामी जिम्मेवार व्यक्तिहरूलाई पक्रने र यो हत्या किन भयो भनेर पत्ता लगाउने प्रयास गरिरहेका छौँ।’

यो अपराध खतरनाक कार्टेल हलिस्को नुएभा जेनेरेसियन (सीजेएनजी) को गढ हलिस्कोमा भएको हो। यसले गर्दा कतिपयले यसमा कुनै न कुनै तरिकाले कार्टेल संलग्न हुन सक्ने अनुमान गरेका छन्।

मेक्सिकन मिडियाका अनुसार, मार्केज एक मेक्सिकन मोडेल थिइन् जो २०२१ मा मिस रोस्ट्रो (मिस फेस) सौन्दर्य प्रतियोगिता जितेपछि प्रसिद्ध भइन्।

यो प्रतियोगिता जितेपछि उनले सामाजिक सञ्जालमा सामग्री सिर्जना गर्न थालिन्। उनले मेकअप टिप्स र व्यक्तिगत हेरचाहका विषयमा जानकारी दिन्थिन्। 

अधिकारीहरूका अनुसार मोटरसाइकलमा कम्तीमा दुई जना पुरुष सैलुनमा आए र तीमध्ये एकले उनलाई भ्यालेरिया हो कि भनेर सोधे। जब उनले हो भनिन् तब आक्रमणकारीहरू कम्तीमा दुई गोली हानेर भागे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad