कला


अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृत्यु भएकाको संख्या ३९ पुग्यो

मृतकमा ९ महिनाकी गर्भवतीका पतिदेखि ३ आमाछोरीसम्म
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृत्यु भएकाको संख्या ३९ पुग्यो

शनिबार साँझ तमिलनाडुको करुरमा आयोजित अभिनेता विजयको र्‍यालीमा भागदौड हुँदा मृत्यु भएका तीन आमाछोरी।


नेपालखबर
असोज १२, २०८२ आइतबार ११:५२, काठमाडौँ

अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु भएकाको संख्या ३९ पुगेको छ। 

तमिलनाडुको करुरमा आयोजित उनको र्‍यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ। बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी छ।

उक्त दुर्घटनामा विवाह भएको एक वर्ष मात्र भएको तिरुचिरापल्ली जिल्लाका थमराइक्कननको पनि मृत्यु भएको छ। उनकी श्रीमती नौ महिनाकी गर्भवती थिइन्।

यस्तै भागदौडमा करुरको विश्वनाथपुरी क्षेत्रकी हेमलता र उनका दुई छोरीको पनि मृत्यु भएको छ। 

२८ मृतक करुर जिल्लाका बासिन्दा थिए, जसमध्ये सात जना एउटै गाउँका थिए। 

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad