भारतस्थित पश्चिम बंगालकी तृणमूल कांग्रेस (टीएमसी) की लोकसभा सांसद मिमी चक्रवर्तीले पार्टी नेतृ ममता बेनर्जीलाई राजीनामा बुझाएकी छन्।
जादवपुरकी सांसद तथा अभिनेत्री मिमी चक्रवर्तीले बिहीबार विधानसभामा मुख्यमन्त्री ममता बनर्जीलाई भेटेर राजीनामा बुझाएकी हुन्।
उनले भनिन्, ‘म राजनीति गर्न होइन, कार्यकर्ता भएर काम गर्न आएकी हुँ।’
मिमीका अनुसार ममताले अहिलेसम्म आफ्नो राजीनामा स्वीकृत गरेकी छैनन् र स्वीकृत भएपछि राजीनामा लोकसभा अध्यक्षलाई पठाइनेछ।
उनले भनिन्, ‘मैले मुख्यमन्त्रीसँग कुरा गरेको छु र बाँकी कुराको जिम्मा उहाँले नै लिने आश्वासन दिनुभएको छ।’
— Press Trust of India (@PTI_News) February 15, 2024VIDEO | "I have definitely resigned, but my resignation hasn't been accepted. I have coordinated with the CM, and she assured me that she will take care of everything," says Mimi Chakraborty on her resignation from the TMC. pic.twitter.com/WoLWztS8t9
Shares

प्रतिक्रिया