ad ad

रोचक


सोनु सुदले चलचित्रमा पिटाइ खाँदा एक बालकले टेलिभिजन फुटाए, अनि यसो भने...

सोनु सुदले चलचित्रमा पिटाइ खाँदा एक बालकले टेलिभिजन फुटाए, अनि यसो भने...

(फाइल तस्बिर)


नेपालखबर
साउन ३, २०७८ आइतबार १४:२९,

भारतका चर्चित अभिनेता सोनु सुदले टेलिभिजनमा पिटाइ खाँदा तेलंगणा राज्यका एक बालकले टेलिभिजन नै फुटाएका छन्।

सन्गारेड्डी जिल्लाका १२ वर्षका बालकले टेलिभिजनमा तेलेगु चलचित्र ‘धोकुडु’ हेरिरहेका थिए। चलचित्रका नायक महेश बाबुले भिलेनको भूमिकामा रहेको सोनु सुदलाई जब पिट्न थाले सोहीबेला बालकले टेलिभिजनमा हिर्काउन थाले।

वास्तवमा बालकले सोनु सुदलाई पिटाइबाट बचाउन त्यस्तो गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। बालकका अंकलले किन टेलिभिजन फुटाएको भनेर सोध्दा बालकले सोनुलाई पिट्दा आफूलाई रिस उठेको उत्तर दिएका थिए।

सोनु सुदले गरिबलाई लकडाउनको बेलामा धेरै सहयोग गरेकाले आफूले सोनु सुद धेरै मन पराएको बालकको प्रतिक्रिया थियो। 

सोनु सुदले यो समाचार पढेपछि फेसबुकमा बालकप्रति सम्मान प्रकट गरेका छन्। उनले धेरै चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन्।

भारतमा कोरोना प्रकोपका बेला समाज सेवा गरेर विश्वचर्चित बनेका सोनु सुदले अबदेखि नकारात्मक पात्रको भूमिका खेल्न नहुने भनेर पनि लाखौं उनका समर्थकले सुझाव दिइरहेका छन्।

सोनु सदुले गतवर्ष लकडाउन सुरुवात हुँदा हजारौं मजदुरलाई खाना, यातायात र नगदै पनि सहयोग गरेका थिए।

उनले हजारौं गरिब परिवारको उद्धार गरेका कारण उनलाई भारतमा सानादेखि ठूलासम्मले सम्मान गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .