ad ad

रोचक


यसकारण चीनमा बढ्दैछ बच्चालाई घरमै बस्दा पनि हेल्मेट लगाइदिने चलन

यसकारण चीनमा बढ्दैछ बच्चालाई घरमै बस्दा पनि हेल्मेट लगाइदिने चलन

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ११:७, काठमाडौँ

चीनमा पछिल्लो समय बच्चालाई घरमै बस्दा पनि हेल्मेट लगाइदिने ट्रेन्ड चलेको छ। यद्यपि घरमा असुरक्षा भएर हेल्मेट लगाइदिने गरिएको भने होइन।

चिनियाँहरु बच्चाको टाउको गोलो भए राम्रो देखिन्छ भन्नेमा विश्वास गर्छन्। साथै उनीहरुलाई आफ्नो बच्चा सबै हिसाबले सही होस् भन्ने लाग्छ। सोही विश्वासअनुसार चीनमा पछिल्लो समय हेल्मेट लगाएर बच्चाको टाउको गोलो बनाउने ट्रेन्ड बढ्दो क्रममा रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

बच्चाहरुको टाउकोलाई गोलो आकार दिनको लागि यो हेल्मेटलाई विशेष किसिमले बनाइएको छ। सानो बच्चाहरुको टाउकोको हाड पनि नरम हुने भएकाले यस्तो हेल्मेट लगाएर उनीहरुको टाउकोको आकार केही हदसम्म परिवर्तन गर्न सकिन्छ।

यद्यपि यसले बच्चालाई कस्तो असर पर्छ भन्ने जानकारी भने आइसकेको छैन। समाचारमा उल्लेख गरिएअनुसार बच्चा तीन महिनाको भएपछि अभिभावकले उनीहरुलाई यो हेल्मेट लगाइदिन्छन्। त्यसको करिब एक महिनामा नतिजा देखिन सुरु गर्ने यसका जानकारहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .