मायाप्रेमलाई कुनै पनि कुराले रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन्– बेलायतका लुक डिकिन्सन र युक्रेनकी विरा क्लिमोभा। उनीहरूको भेट फेसबुकमा भएको थियो तर एकअर्काको भाषा बुझ्दैनथे। र, पनि उनीहरूबीचको प्रेम रोकिएन। प्रेम मात्र होइन, उनीहरूले आपसमा विवाह नै गरे।
गुगल ट्रान्सलेट गरेर उनीहरू एकअर्कासँग कुरा गर्थे। यसबाट उनीहरूले एकअर्काको विचार र दृष्टिकोण बुझे। दुवै जना शरणार्थीको सहयोगमा संलग्न थिए। त्यसो त विरा आफैंँ शरणार्थी थिइन्। उनी अंग्रेजी जान्थिनन्। त्यसैले उनले गुगल ट्रान्सलेटको मद्दतमा लुकलाई म्यासेज गर्थिन्। यस क्रममा लुकले विरालाई धेरै मन पराउने कुरा बताए।
विरा विवाहित मात्र होइन, उनीसँग १५ वर्षीया छोरी करिना पनि साथमा थिइन्। खासमा उनको श्रीमानको मृत्यु भएको थियो।
विराको घर २४ फेब्रुअरीमा भएको बम विस्फोटमा ध्वस्त भएको थियो। यसपछि उनी १५ वर्षीया छोरी करिना र झोला लिएर केही हप्ताको यात्रा गर्दै हल्यान्ड पुगिन्। यस क्रममा विरा र उनकी छोरीलाई धेरैले सहयोग गरे।
त्यसपछि विराले बेलायतको भिसाका लागि आवेदन दिइन्। एक साथीको मद्दतमा उनी ६ अप्रिलमा वीरा छोरी करिनासहित बेलायत पुगिन्। त्यहाँ पुगेपछि उनले अंग्रेजी कक्षा सुरु गरिन्। रोजगारीका लागि उनले ड्राइभिङ पनि सिक्न थालिन्।
जुलाईमा लुकले विरालाई आफ्नो घरमा आउन आग्रह गरे। त्यतिबेला विराले अलिअलि अंग्रेजी बोल्न जानिसकेकी थिइन्। जसले गर्दा दुईजनाबीच संवाद हुन थाल्यो।
यो भेटपछि उनीहरू सँगै लन्डन र वेमाउथको यात्रामा निस्के। करिब दुई हप्तापछि लुकले विरासँग विवाह गर्ने निर्णय गरे।
सेप्टेम्बर ३० मा विरा र लुकले ब्रिस्टल रजिस्ट्री कार्यालयमा गई विवाह गरे। यो जोडी छिट्टै हनिमुनमा पोल्यान्ड जानेछन्। एजेन्सी
प्रतिक्रिया