चीनको एक विश्वविद्यालयले टाढा रहेको प्रेमी जोडीहरुका लागि भनेर टाढैबाट चुम्बन गर्न मिल्ने उपकरण तयार गरेको छ।
सो उपकरणबाट ठ्याक्कै चुम्बनकै जस्तो अनुभूति प्राप्त गर्न सकिने निर्माताहरुको दाबी छ।
पूर्वी चीनको चियाङ्सु प्रान्तस्थित चाङचौ भोकेसनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीले सो उपकरण तयार गरेको हो।
मुखको जस्तो आकार भएको यो उपकरणले एकापट्टिबाट पठाएको चुम्बन ब्लुटुथबाट अर्कोतिर पठाउन सक्छ। उपकरणलाई फोनमा जोड्न सकिन्छ।
यसले टाढा रहेका जोडी र मुखको रोगका कारण चुम्बन गर्न नसक्ने जोडीलाई सहज हुने यसका डिजाइनर चियाङ चोङ्ली बताउँछन्। एजेन्सी
फागुन १६, २०७९, मंगलबार
प्रतिक्रिया