ad ad

रोचक


बेलायतमा भूपू डाक्टर र शिक्षकको पेन्सन प्रधानमन्त्रीको तलबभन्दा ज्यादा!

बेलायतमा भूपू डाक्टर र शिक्षकको पेन्सन प्रधानमन्त्रीको तलबभन्दा ज्यादा!

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १८:४०,

बेलायतमा सार्वजनिक क्षेत्रको पेन्सन योजना यति उदार छ कि केही डाक्टर र शिक्षकको पेन्सन रकम प्रधानमन्त्रीको तलबभन्दा ज्यादा पुगेको छ।

गत वर्ष एनएचएसका एक सेवानिवृत्त डाक्टरले १ लाख ९२ हजार पाउन्ड रकम पाएका थिए। अधिकतम रकम पेन्सन पाउने १० जनाले १ लाख ६९ हजार पाउन्डदेखि १ लाख ९२ हजारसम्म पेन्सन प्राप्त गरेका थिए।

त्यस्तै एक शिक्षकले १ लाख ८७ हजार पाउन्ड पेन्सन पाएका थिए। 

यो रकम भनेको प्रधानमन्त्री ऋषि सुनकको आम्दानीभन्दा ज्यादा हो। उनले प्रधानमन्त्री र सांसदको हैसियतले वार्षिक करिब १ लाख ६७ हजार पाउन्ड कमाउँछन्।

बेलायतमा सरकारी सेवाबाट अवकाश भएकाहरुले मृत्यु हुँदासम्म मुद्रास्फितिको दरअनुसार बढ्नेगरी पेन्सन पाउँछन्। 

तर, यसरी १ लाख पाउन्डभन्दा ज्यादा पेन्सन पाउनेहरुको संख्या भने सीमित छ। हाल १४१ जनाले सोभन्दा ज्यादा रकम पाउँछन्। यो संख्या अघिल्लो वर्ष ७१ मात्र थियो।

निजी क्षेत्रमा भने योगदानका आधारमा पेन्सन राखिएको छ। जसका कारण सार्वजनिक क्षेत्र र निजी क्षेत्रको पेन्सनमा असमानता छ। द टेलिग्राफबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .