ad ad

रोचक


‘टाइम ट्राभल’ गरेर एकैसाल दुई पटक नयाँ वर्ष मनाउने सपना भताभुंग भएपछि...

‘टाइम ट्राभल’ गरेर एकैसाल दुई पटक नयाँ वर्ष मनाउने सपना भताभुंग भएपछि...

नेपालखबर
पुस १७, २०८० मंगलबार १८:२५,

युनाइटेड एयरलाइन्सको एउटा उडानका यात्रुहरुका लागि २०२४ को सुरुवात राम्रो भएन। 

फ्लाइट यूए२०० गुआमबाट १ जनवरी २०२४ को दिन बिहान ७ः३५ बजे उड्ने तय भएको थियो। सो विमान ३१ डिसेम्बर २०२३ का दिन साँझ ६ः५० मा हवाईको होनोलुलुमा अवतरण हुने थियो।

यसो गर्दा सो विमानका यात्रु एक वर्षपहिले पुग्नेवाला थिए। 

‘तपाईं एक पटक मात्र बाँच्नुहुन्छ। तर, तपाईं नयाँ वर्षको पूर्वसन्ध्या दुई पटक मनाउन सक्नुहुन्छ!’ सो एयरलाइन्सले केही दिनअघि ट्विट समेत गरेको थियो। 

अर्को एक इन्स्टाग्राम पोस्टमा एयरलाइन्सले लेखेको थियो, ‘टाइम ट्राभल यथार्थ हो।’

उसो त टाइम जोन नाघेर नयाँ वर्ष मनाउने चलन नयाँ होइन। हरेक वर्ष केही एयरलाइन्सहरुले आफ्ना यात्रुलाई दुई पटक नयाँ वर्ष मनाउने मौका दिन्छन्। 

तर, यसपटक फ्लाइट यूए२०० का यात्रुहरुले निराश हुनुप¥यो। उडानमा ढिलाइ भयो। 

गुआमबाट विमान जनवरी १ को दिउँसो १ः४९ मा मात्र उड्यो र होनोलुलुमा जनवरी १ को १२ः३४ मा आइपुग्यो। उनीहरुले दोहो¥याएर नयाँ वर्ष मनाउन पाएनन्।

थुप्रै यात्रुले यसबारे गुनासो गरेका छन्। 

एयरलाइन्सले असन्तुष्ट ग्राहकलाई रिबुकिङको अफर अघि सारेको छ।

तर, उडानका यात्रुले यस्तो दुर्भाग्यको सामना गर्नुपरेन। उदाहरणका लागि क्याथे प्यासिफिकको एउडा उडान जनवरी १ को राति १ बजे हङकङबाट उड्यो र अमेरिकाको सान फ्रान्सिस्कोमा डिसेम्बर ३१ को राति ८ः२२ मा पुग्यो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .