ad ad

रोचक


१०३ वर्षका वृद्धले ४९ वर्षीया महिलासँग गरे तेस्रो बिहे (भिडिओ)

१०३ वर्षका वृद्धले ४९ वर्षीया महिलासँग गरे तेस्रो बिहे (भिडिओ)

नेपालखबर
माघ १७, २०८० बुधबार १४:२९, काठमाडौँ

भारतको मध्यप्रदेशमा १०३ वर्षका वृद्धले आफूभन्दा आधाभन्दा कम उमेरकी महिलासँग विवाह गरेको खबर निकै भाइरल भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मध्यप्रदेशस्थित भोपालका हबिब नजर उर्फ मन्झले मियाँ नाम गरेका १०३ वर्षका व्यक्तिले एक्लो भएको भन्दै ४९ वर्षीया फिरोज जहाँ नामकी महिलासँग बिहे गरेका हुन्। उनको यो तेस्रो बिहे हो। 

उक्त विवाह सन् २०२३ मै भएको भए पनि बिहेको भिडिओचाहिँ सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको हो। 

भिडिओमा बेहुलीसँग घर फर्किरहेका हबिबलाई मानिसहरूले बधाई दिइरहेका छन् भने हबिब मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन्।

हबिबको पहिलो पत्नीबाट सन्तान नभएपछि दोस्रो बिहे गरेका थिए तर दोस्रो पत्नीबाट पनि सन्तान भएन। दोस्री श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए। फिरोज पनि पति बितेपछि एक्लै थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .