ad ad

गण्डकी


गण्डकीमा पाइलैपिच्छे मापसे जाँच, दसैँमा रक्सी खानेहरु होसियार!

गण्डकीमा पाइलैपिच्छे मापसे जाँच, दसैँमा रक्सी खानेहरु होसियार!

नेपालखबर
असोज १०, २०७९ सोमबार १८:५७, पाेखरा

दसैँको बेला गण्डकीका ११ जिल्लाका विभिन्न ठाउँमा सडक चेकजाँच र सुरक्षाका लागि ३६० जना ट्राफिक प्रहरी खटिने भएका छन्। 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीको चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गर्न लागिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायी रुपले, केही ठाउँमा मादक पदार्थ सेवन गरे/नगरेको चेक गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती,सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायतका जिम्मेवारी दिइएको छ।

बागलुङमा ६ र तनहुँ र नवलपुरमा ५ वटा विभिन्न यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ भने तनहुँमा सबैभन्दा बढी ४ वटा मोबाइल गस्ती टोली खटाइएको छ।

मादक पदार्थ सेवनको परीक्षण गर्न कास्कीका १२ वटा टोली खटिएका छन् भने बागलुङ र म्याग्दीमा ३–३ ठाउँमा मापसे चेकिङ गरिनेछ। अन्यत्र भने एक वा दुई ठाउँमा मापसे चेकिङ गरिने ट्राफिक कार्यालयले जनाएको छ।

पोखराका १५, नवलपुर र  तनहुँका ६, स्याङ्जा र बागलुङका ५ र गोरखाका ४ ठाउँमा नियमित चेकजाँच हुने भएकाले कागजपत्र लिएर यात्रा गर्न पनि प्रवक्ता सुवेदीले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .