गण्डकी


हिमपहिरामा परेका चार जनाको उद्धार, दुईलाई उपचारका लागि काठमाडौँ पठाइयो

हिमपहिरामा परेका चार जनाको उद्धार, दुईलाई उपचारका लागि काठमाडौँ पठाइयो

नेपालखबर
असोज १० , गोरखा

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ।

हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडाैँ पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए। घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्फत सामागाँउ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए। ढिला गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ।

उनीहरुको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

‘थप दुईको पनि तेस्रो आधार शिविरबाट उद्धार भएको छ, प्रनाउ लामिछानेले भने, “अहिले पहिलो आधार शिविरमा ल्याएको भए पनि मौसम खराबीका कारण सामागाउँसम्म पनि ल्याउन सक्ने अवस्था छैन, आज अब पहिलो आधार शिविरमै रहन्छ।”

अन्य बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको प्रनाउ लामिछानेले जानकारी दिए।

मनास्लु हिमालको तेस्रो आधार शिविरमा आज बिहान हिमपहिरो गएको हो। गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका तीन सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन्। रासस

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad