गण्डकी


६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश

६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश

नेपालखबर
पुस २५, २०८१ बिहिबार १७:५६, काठमाडौँ

कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ।

न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यो आदेश जारी भएको हो। रविविरुद्ध संगठित तवरले सहकारीको रकम ठगी गरी गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा मुद्दा दायर भएको छ।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ पनि यस मुद्दामा पक्राउ परेका प्रतिवादी हुन्। 

यस प्रकरणमा ४४ जना प्रतिवादी छन्। तीमध्ये सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad