गण्डकी


गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

नेपालखबर
माघ २१, २०८१ सोमबार १५:२२, पोखरा

गण्डकी प्रदेशसभामा प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेश भएको छ। सोमबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अध्यादेश टेबल गरेका हुन्।

गण्डकी प्रदेश लोकसेवा आयोगले करारमा कर्मचारी भर्ना नगर्न सुझाव दिए पनि प्रदेश सरकारले प्राविधिकतर्फ कर्मचारी अभाव भएको भन्दै करार कर्मचारी भर्ना गर्नकै लागि ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो।

यसअघि सभामुख कृष्ण धितालले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा सुरुका निम्ति पठाएको पत्र पढेर सुनाएका थिए।

बैठकले सांसद बिमला गौचनको निधनमा शोक व्यक्त गरेको छ। नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी बिमलाको गएको कात्तिक २९ गते निधन भएको थियो।

प्रदेशसभाको अर्को बैठक माघ ३० गते बस्ने गरी स्थगित गरिएको छ।

प्रदेशसभामा सांकेतिक भाषाको प्रयोग
 गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा पहिलोपटक सांकेतिक भाषा प्रयोग गरिएको छ। श्रवणशक्तिविहीन सांसद सुनिता थापाको सहजताको लागि दोभाषेको व्यवस्था गरिएको हो।

सुनिता प्रदेशभसा सदस्य बिमला गौचनको निधनपछि कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै सभासद बनेकी हुन्। उनको यो पहिलो बैठक थियो। सरकारले यही हिउँदे अधिवेशनमा अपाङ्तासम्बन्धी विधेयक पेश गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad