गण्डकी


पोखराको पीएन क्याम्पसमा एमाले अनेरास्ववियुको प्यानलै विजयी

पोखराको पीएन क्याम्पसमा एमाले अनेरास्ववियुको प्यानलै विजयी

विष्णु पोखरेल


नेपालखबर
चैत १२, २०८१ मंगलबार ८:२८, पोखरा

देशकै ठूलो क्याम्पसको रूपमा रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान (स्ववियु) निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

९ हजार २ सय ७० मतदातामध्ये २ हजार ८ सय ९७ जनालेमात्र मतदानमा सहभागिता जनाएको चुनावबाट अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५ सय ३ मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४ सय ६९ मतसहित पछ्याइन्।

सभापतिका लागि ८ जना चुनावी मैदानमा थिए। अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले १ सय ९६, अखिल छैठौँका मिलन सुनारले २८ मत ल्याए।

स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १ हजार ४ सय १३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६ सय २८ मत ल्याए।

अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २ सय ९३ मत प्राप्त गरे। कोषाध्यक्षमा ए अनेरास्ववियुका सन्दिका गुरुङ १ हजार ३०४ मत ल्याउँदा प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६ सय ४७ मत ल्याइन्।

पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते बिथोलोएको चुनाव चैत १० गते गरिएको थियो।

मतपत्रमा प्रत्यक्षतर्फको दोस्रो कोलममा रहेको अखिल (छैठौँ) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने कोठा नै छुटेपछि चैत ५ गते मतदान प्रक्रिया नै रोकिएको थियो। 

अनेरास्ववियुको प्यानल-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad