गण्डकी


फेवातालबाट कार निकालिए पनि चालक बचाउन सकिएन

फेवातालबाट कार निकालिए पनि चालक बचाउन सकिएन

पोखराको फेवातालमा शनिबार राति खसेको कार


नेपालखबर
फागुन २, २०८२ शनिबार १०:१७, काठमाडौँ

पोखरास्थित फेवातालमा कार खस्दा चालकको मृत्यु भएको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका-६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा शनिबार राति बफएए १५८२ नम्बरको कार खसेको हो। 

दुर्घटनमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका-५ स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो।

उद्धारपश्चात् उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो।

उद्धारमा खटिएको टोली।

फेवातालमा खसेको कार क्रेनको सहायताले निकालिए पनि चालक भने बचाउन सकिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad