गण्डकी


पोखरामा ‘ज्येष्ठ वामपन्थी नागरिक’ मिलन कार्यक्रम हुने

पोखरामा ‘ज्येष्ठ वामपन्थी नागरिक’ मिलन कार्यक्रम हुने

नेपालखबर
मंसिर २५, २०८० सोमबार ९:१३, पाेखरा

गण्डकी प्रदेशका ज्येष्ठ वामपन्थी नागरिकहरुले मिलन कार्यक्रम आयोजना गर्ने भएका छन्। 

वामपन्थलाई आफ्नो आदर्श मानेर लामो राजनीतिक जीवन यापन गरेकाहरुको योगदानको सम्मान र स्मृतिलाई ताजा राख्ने उद्देश्यले आगामी चैत ३ र ४ गते पोखरामा वामपन्थी ज्येष्ठ नागरिकको मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो। 

ज्येष्ठ नागरिकहरुका अनुभव साटासाट गर्ने र उनीहरुका अनुभवको अभिलेख तयार गरी विभिन्न माध्यमबाट प्रकाशन गर्ने उद्देश्यले कार्यक्रम आयोजनन गर्न लागिएको  वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम तयारी समितिका संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

आचार्यका अनुसार हालको गण्डकी प्रदेशभित्र पर्ने क्षेत्रमा २०४६ सालअघि विभिन्न वामपन्थी मोर्चामा रहेर काम गरेका, जेल जीवन बिताएका, प्रवासमा निर्वासित जीवन विताएका, भूमिगत काम गरेका ७० वर्षभन्दा माथि उमेर समूहका वामपन्थी ज्येष्ठ नागरिक कार्यक्रममा सहभागी हुनेछन्। 

नेपालका विभिन्न कम्युनिष्ट घटकमा सामेल भएर र स्वतन्त्र माक्र्सवादी चिन्तकका रुपमा रहेर वामपन्थी आन्दोलनमा सहभागी भएकाहरुलाई कार्यक्रममा सहभागी गराइने वरिष्ठ वामपन्थी लेखक एवं पत्रकार झलक सुवेदीले जानकारी दिए।
 
२००६ सालमा गठिन कम्युनिष्ट पार्टीले ७५ वर्ष पार गरेको छ।  पार्टी स्थापनाकालदेखि यताका विभिन्न कालखण्डमा विभिन्न कम्युनिष्ट घटकमा रहेर अनेक हण्डर, ठक्ककर खाएर काम गरेका हजारौँ नेता कार्यकता र लाखौँ जनसमूहको योगदानको समष्टिगत प्रतिफलबाट र्न नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको सुवेदीले बताए। 

उनले नेपालको लोकतान्त्रिक व्यवस्था, धर्म निरपक्षेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको संघीय प्रणाली वामपन्थी राजनीतिक दलको सहभागिता, माक्र्सवादी बौद्धिक विमर्श र हस्तक्षेपबिना अघि बढ्न नसक्ने निष्कर्षसहित कार्यक्रम गर्न लागिएको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad