गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेद्रराज पाण्डेले पदको शपथ खाएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई आज प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
पाण्डेले आफूसहित कांग्रेस नेतृ सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिंखडालाई बिनाविभागीय मन्त्री बनाएका छन्। सरस्वती स्याङ्जा र सुशीला गोरखाबाट सांसद बनेका हुन्। उनीहरुको शपथ हुँदै छ।
सुरेन्द्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनलाई कांग्रेसका २७ र माओवादी केन्द्रका सभामुखसहित ८ जना एवं नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङको समर्थन छ।
51
Shares

प्रतिक्रिया