गण्डकी


पोखरामा फेरि ठड्याइयो राजा वीरेन्द्रको सालिक

पोखरामा फेरि ठड्याइयो राजा वीरेन्द्रको सालिक

वाशुदेव मिश्र
पुस ९, २०८० सोमबार ८:४५, पोखरा

पोखरामा २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको सालिक पुनः ठड्याइएको छ।

पोखरा-१०, रामबजारको चोकमा २०६९ सालमा राजा वीरेन्द्रको सालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो।  सालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेता/कार्यकर्ताको हात रहेको स्रोतले बताएको छ।

यद्यपि, राप्रपा कास्कीका नेता अरुण गिरीले स्थानीयले स्वतःस्फूर्त रुपमा सालिक पुन:स्थापना गरेको जानकारी पाएको बताए।

‘राजा वीरेन्द्रप्रतिको आस्थाका कारण स्थानीयले नै त्यो काम गरेको जानकारी आएको छ,’उनले भने।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा सालिक स्थापना गरिएको थियो।

क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए।

राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको सालिक पुन:स्थापनाको माग गरिरहेको छ।

पोखरा-९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि  आन्दोलनका क्रममा तोडफोड गरिएको थियो।

पछि त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखियो।

राजा समर्थितहरुले पृथ्वीकै सालिक राखिनुपर्ने भन्दै लखनको सालिकको तल पृथ्वीनारायणको प्रतिमा लगेर राखे पनि पोखरा महानगरले त्यसलाई हटाइदियो।

पृथ्वीनारायणको सालिक हटाएपछि केही समय आन्दोलन पनि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .