ग्लोबल


बगदादको व्यस्त बजारमा बम बिस्फोट, इदको किनमेल गरिरहेका २५ को मृत्यु

बगदादको व्यस्त बजारमा बम बिस्फोट, इदको किनमेल गरिरहेका २५ को मृत्यु

नेपालखबर
साउन ५, २०७८ मंगलबार ७:४२,

इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परि कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका बिबिसीले जनाएको छ। 

इद पर्वको लागि किनमेल भइरहेको बेला इराकको उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिस्फोट भएको हो।

मंगलबार भएको यो विस्फोटलाई पछिल्लो ६ महिनामा भएका विस्फोटमध्ये सबैभन्दा घातक मानिएको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।

इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।

पछिल्लो केही समययता यो समूहले बगदादमा सानातिना घटनाहरू गराउँदै आएका थिए। गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो।

उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ। त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमण थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .